भ्यालेन्सिया र बेन्फिकालाई सफलता

भ्यालेन्सिया र बेन्फिकालाई सफलता

शुक्रबार, चैत्र २९ : युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् ।

पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो ।

बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक गोल थपे । फ्रान्कफर्टका लुका जोभिक र गोन्कालो पासिन्सियाले गोल गरे

खेलको २०औं मिनेटमा फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो । इभान एन डिका सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा जोआओले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

४०औं मिनेटमा लुका जोभिचले बराबरी गोल फर्काए । ४३औं मिनेटमा जोआओले गोल गरेपछि बेन्फिकाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

५०औं मिनेटमा रुवेनले गोल गरेपछि बेन्फिका ३–१ ले अघि बढ्यो । ५४औं मिनेटमा जोआओले ह्याट्रिक पुरा गरे । ७२औं मिनेटमा गोन्कालो पासिन्सियाले गोल गरेपछि खेल ४–२ का पु¥याएपनि टोलीको हार टार्न सकेन ।

दोस्रो लेग फ्रान्कफर्टको मैदानमा १९ अप्रिलमा हुनेछ । यस जितसँगै बेन्फिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अर्काे खेलमा भ्यालेन्सियाले प्रिमियर लिग प्रतिद्धन्द्धी भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

भ्यालेन्सियाको जितमा गन्कलो गइडेसले दुई तथा ड्यानियल वासले गोल गरे । भिल्ला रियलका सान्टी कार्जाेलाले एक गोल गरे ।