नेपोलीलाई हरायो आर्सनलले

नेपोलीलाई हरायो आर्सनलले

शुक्रबार, चैत्र २९ : युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १५औं मिनेटमा राम्सीको गोलबाट घरेलु टोली आर्सनलले खलेमा अग्रता बनाएको थियो । एइन्सले मेटल्यान्ड निलेसको छिटो पासमा राम्सीले गोल गर्न सफल भएका थिए । २५औं मिनेटमा लुकास टोरेराको बक्स बाहिरको प्रहार कलिडोउ कोउलीबालीले जोगाउन खोज्दा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा पाहुना टोलीले सुधारिएको प्रदर्शन गरेपछि गोल गर्न सकेनन् । आर्सनलले उक्त अग्रतालाई जोगाइराँख्न सफल भयो । दोस्रो लेग नेपोलीको मैदानमा १९ अप्रिलमा हुनेछ । यो खेलमा आर्सनलले यही अग्रता जोगाइराख्न सफल भए सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपोलीलाई सेमिफाइनल पुग्न निश्चित जित आवश्यक छ ।