संस्कृति संरक्षणमा जोड

संस्कृति संरक्षणमा जोड

पोखरा, २७ चैत : गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै तमु धिको भवनमा पुगेर सभामा परिणत भयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजाति समुदायको संस्कृतिको संरक्षण र संवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

आदिवासी जनजाति महासङ्घका अध्यक्ष धर्म गुरुङ, तमु धि संस्थाका अध्यक्ष कर्म गुरुङ, उपाध्यक्ष होम गुरुङलगायतले आदिवासी जनजाति समुदायको संरक्षणका लागि ठोस रुपमा पहल हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । यसैबीच गुरुङ समुदायले मनाउने गरिएको टहोटेँ परापूर्वकालदेखि मनाउँदै आइरहेका छन् । ‘टहो’ भनेको तमु राज्य र ‘टे’ भनेको शत्रुलाई रहेको तमु धि नेपालका उपाध्यक्ष होम गुरुङले बताउनुभयो । शत्रु र भुतलाई भगाउने आफ्ना सांस्कृतिक मान्यताका साथ मनाउनका साथै पर्व मनाउनाले रोगव्याध हट्ने, खेतीबाली राम्रो हुने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने र सुख शान्ति प्राप्त हुने विश्वास रहेको उहाँले थप्नुभयो । सो ¥यालीमा सहभागीले आफ्ना सांस्कृतिक बाजागाजाका साथ पुरुष भाङग्रा, भोटो, कछाडमा र महिला छिट्को गुन्यू, टिकिस, घलेस र पटुकामा सजिएका थिए ।