‘राजपकडियागढ हिन्दूहरुको धार्मिकस्थल’

‘राजपकडियागढ हिन्दूहरुको धार्मिकस्थल’

लहान, २६ चैत : प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले राजपकडियागढ हिन्दूहरुको पौराणिक धार्मिकस्थल रहेको बताउनुभएको छ । लहान नगरपालिका–१८ अमहीस्थित पकडियागढ सामुदायिक संरक्षण मेलाको आज उद्घाटन गर्दै उहाँले यस ठाउँका देउता राजा कुलहेश्वर, छोरी चन्द्रावती, सलहेस र चोहरमलको मूर्तिहरु हेर्दा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख २ गते लाग्ने धुमधाम पकडियागढ मेलाको शुभकामना दिन चाहन्छु, पकडियागढस्थलको विकास कार्यको लागि प्रदेश सरकारबाट सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।” कार्यक्रममा सयाँै स्थानीयवासीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम गङ्गाबहादुर राउतको अध्यक्षतामा भएको थियो ।