कर्णाली प्रदेशको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन

कर्णाली प्रदेशको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन

सुर्खेत, २७ माघ: गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

महासङ्घको वीरेन्द्रनगरमा आज सम्पन्न अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा जङ्गबहादुर शाही (दैलैख), सचिव खड्गराज सेजुवाल (कालीकोट), कोषाध्यक्ष महेन्द्रबहादुर शाह (जाजरकोट) र सहसचिवमा शिवा आर्चाय (जाजरकोट)लाई चयन गरिएको छ । सदस्यमा धीरबहादुर विष्ट, जयानन्द रावल, सविताकुमारी रोकाया, निर्मला राना, हिमाली रोकाया, बली रावत, निर्मला विष्ट र सीता ज्ञवालीलाई चयन गरिएको छ ।

नयाँ नेतृत्वलाई गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय प्रतिनिधि दल फडेराले शपथग्रहण गराउनुभयो । नवनिर्वाचित अध्यक्ष सेनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच पर्याप्त समन्वय बढाउने प्रतिबद्धता जनाउनुभयो । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ गाउँपालिका छन् ।