पीएसजीलाई चोटको पिरलो संघर्षपूर्ण जितमा

पीएसजीलाई चोटको पिरलो संघर्षपूर्ण जितमा

आइतवार, माघ २७ : फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई १-० ले पराजित गर्यो । तर खेलमा दुई महत्त्वपूर्ण खेलाडी घाइते हुँदै बाहिरीपछि पीएसजीलाई ठूलो समस्या परेको छ ।

खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत एडिन्सन कभानीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बनेको हो । तर उनी कभानी दोस्रो हाफमा तिघ्रामा चोट बोक्दै बाहिरीपछि पीएसजी समस्यामा परेको छ । यसअघि नै ब्राजिलियन स्टार नेयमारलाई गुमाएको पीएसजीले च्याम्पियन्स लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

शनिबारकै खेलमा डिफेन्डर थोमस मुनिएर पनि चोटका कारण बाहिरिनु पर्यो । उनको टाउकोमा चोट लागेपछि मैदान छाडेका थिए । किलियन एमबाप्पेलाई विश्राम दिइएपनि कभानीको चोटपछि उनी मैदान प्रवेश गरेका थिए । अब मंगलबार हुने खेलमा उनले नै पीएसजीकोअग्रपंक्ति सम्हाल्ने सम्भावना बढेको छ ।

पीएसजीले लिगको २२ खेलमा ५९ अंक जोड्दै शीर्ष स्थानमा बलियो पकड जमाएको छ । दोस्रो स्थानको लिलले एक खेल बढी खेल्दै ४६ अंक जोडेको छ ।