सहिदको बलिदानीले तराई-मधेशमा प्रदेश सरकार सम्भव- मुख्‍यमन्त्री राउत

सहिदको बलिदानीले तराई-मधेशमा प्रदेश सरकार सम्भव- मुख्‍यमन्त्री राउत

माघ १६,वीरगञ्‍ज: सहिद दिवसको अवसरमा १० बिगहा क्षेत्रफलमा रहेको खाली जग्गामा सहिद पार्कको शिलान्यास गरिएको छ।प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा त्यहाँ बन्‍न सहिद पार्कको शिलान्यास गरेका हुन।

प्रदेश २ को सरकारले शहरी विकास तथा भवन कार्यालय बीरगंजबाट सहिद पार्क निर्माण गर्न प्रदेश सरकारले पार्क निर्माणको लागि ७५ लाख रुपैया बिनियोजन गरेको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री लालबाबु राउत गदीले मधेस आन्दोलनको केन्द्रको रुपमा वीरगञ्ज रहेको बताउदै बिरगञ्जको मुटुमा रहेको पार्क बन्न लागेको ठाउमा मधेस आन्दोलनको क्रममा दर्जनौ ब्यक्तिहरुले बलिदानी दिएको बताए।

मुलुकमा संघीयता आउनुमा मधेस आन्दोलनको अग्रणी भुमिका रहेको मुख्य मन्त्री राउतले बताए। उनले भने, ‘आज एउटा गाउँपालिका प्रमुख नगर प्रमुखले थुप्रै बजेट चलाउन पाएको छ, मुख्य मन्त्री राउतले भने,‘ ती सबै तराई-मधेशका सहिदहरुको बलिदानीले सम्भव भएको छ।’

’सहिद पार्क निर्माण गरेर प्रदेश सरकारले राम्रो काम गरेको बताउदै मुख्य मन्त्री राउतले काँग्रेस,नेकपा लगायत अन्य दल तथा समाजका बिशिष्ट बर्गहरुलाई यस काममा सहयोग गर्न आग्रह गरे। सहिदहरुलाई कुनै धर्म,राजनितिक दल लगायतमा सिमित गर्न नसकने भन्दै सहिदहरुको सम्मान सबैले गर्नुपर्ने कुरामा मुख्य मन्त्री राउतले जोड दिए।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले सहिद पार्क निर्माण गर्नको लागि प्रदेश सरकारले ७५ लाख रुपैया छुटयाएको बताउँदै पार्क निर्माणमा लाग्‍ने सबै रकम प्रदेश सरकारले व्‍यहोर्ने र निर्माण गरेरै छाडने जिकिर गरे। उनी भने, ‘६२/६३ को आन्दोलनमा तराईका जनताको अधिकार दिलाउन र परिवर्तनको लागि आफ्नो छातीमा गोलि खाएको छ।त्‍यसकारण जति रकम लाग्छ सबै प्रदेश सरकार व्‍यहोर्न तयार छ।’

उनले देशमा परिवर्तन ल्याउनका लागि आफनो ज्यानको आहूति दिने वीर सहिदहरुको लागि सहिद पार्क बन्‍ने भएकाले सबैलाई सहयोग गर्न आह्वान समेत गरे। तराई/मधेसमा जति पनि मेयर भए,मन्त्री भएका,वडाध्यक्ष भए त्यसमा मधेसी सहिदहरुको धेरै ठूलो योगदान छ,’ मन्त्री सोनलले भने, ‘आज पार्क निर्माण गरेर ति सबै सहिदहरुको स्मरण गर्ने अवसर आएको छ।’

प्रदेश २ को सरकारले सबै तराई/मधेशका सहिद परिवारलाई रोजगारी दिने कार्यक्रम घोषणा गरि सकिएकाले त्‍यही अनुसार उक्त कार्यक्रम अघि बढाइएको दाबी गरे।तर मंगलबार वीरगन्ज महानगरपालिका मेयर विजय सरावगी र नेपाली कांग्रेस पर्साले पार्क निर्माणको विरोध गर्दै तत्कालको लागि शिलान्यास कार्यक्रम स्थगित गर्न मांग गरेका थिए।