विपन्न परिवारलाई कम्बल वितरण

विपन्न परिवारलाई कम्बल वितरण

लहान, ३० पुस : जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ ।

स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।