रियल विजयी रामोसको शतकीय गोलसँगै

म्याड्रिडमै रहने कप्तान रामोस

 पौष २६: कप्तान सर्जियो रामोसले १ सयौं गोल पूरा गर्दा रियल म्याड्रिडले कोपा डेल रेअन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा लेगानेसलाई ३-० ले पराजित गरेको छ ।

रियलले कप्तान रामोसको गोलमा अग्रता लिएको थियो । अल्भारो ओड्रीओजोलालाई लेगनेसका जेरार्ड गुम्बाउले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रामोसले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो करिअरको १ सयौं गोल पनि पूरा गरे । दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता दोब्बर पार्यो ।

भिनिसियास जुनियरको पासमा लुकास भाज्केजले गोल गर्दै रियललाई अगाडी बढाए । रियलका लागि तेस्रो गोल ब्राजिलियन भिनिसियसले नै गरे । उनले ७५ औं मिनेटमा गरेको भलीलाई लेगानेसका गोलरक्षकले बचाउन सकेनन् । गोल गरेलगत्तै भिनिसियसको स्थानमा नयाँ खेलाडी ब्राहिम डियाजले डेब्यु गरे । उनले आक्रमणमा उल्लेख्य मुभ भने बनाउन सकेनन् ।

लिगअन्तर्गत घरेलु मैदानमा रियल सोसिडाडसँग पराजित भएका कारण यस खेलमा दर्शकहरुको सहभागिता एकदम न्यून रहेको थियो । चोटका कारण ग्यारेथ बेल, टोनी क्रुस र मार्को एसेन्सियो पनि टोलीमा उपस्थित रहेका थिएनन् । यसका बाबजुद मिडफिल्डर इस्कोले पहिलो रोजाइमा स्थान बनाउन नसक्दा उनले क्लब छाड्ने सम्भावना बढेको छ ।