५० लाख पारिश्रमिकमा अनमोलले साइन गरेको फिल्म‘ब्याचलर बन्टी’ भदौमा

५० लाख पारिश्रमिकमा अनमोलले साइन गरेको फिल्म‘ब्याचलर बन्टी' भदौमा
अभिनेता अनमोल केसीले ५० लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ निर्माण हुने निश्चित भएको छ । केही दिनदेखि उक्त फिल्म निर्माण नहुने चर्चा सिनेवृतमा सुरु भएको थियो । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर फिल्म गर्ने बताएका थिए ।
बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट फिल्मको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि उक्त फिल्म गर्नेछन् । ‘क्याप्टेन’ फागुन १७ र र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुँदैछ ।
निर्माता र अभिनेताबीच फिल्मको नाम पनि परिवर्तन गर्ने सहमती भएको स्रोतले जानकारी दिएको छ । साथै, ‘लक’ गरिएको स्क्रिप्टमा पनि केही फेरबदल गरिने बताइएको छ । फिल्मको रिलिज भने अर्को वर्षको तीज अर्थात् भाद्र १३ गतेलाई तय गरिएको छ । यसअघि यस वर्षको फागुन १७ मा फिल्म रिलिज गर्ने घाषणा गरिएको थियो ।
हरेक फिल्ममा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गर्दै आएका अनमोेलको यस फिल्ममा पनि नयाँ अभिनेत्रीसँग स्क्रिन साझेदारी गर्दैछन् । फिल्मका लागि निर्माण टिमले उकुसा गिरीलाई अनुबन्ध गरिसकेको छ । विना कुनै जानकारी अभिनेत्री फाइनल गरेको भन्दै अनमोल निर्माता/निर्देशकसँग रुष्ट रहेको पनि खबर छ ।