क्रिश्चियन धर्मगुरुले युएईको भ्रमण गर्ने

क्रिश्चियन धर्मगुरुले युएईको भ्रमण गर्ने

भेटिकन सिटि, २० मङ्सिर : क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस आउँदो फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जानुहुने भएको छ ।

क्रिश्चियन र इस्लाम धर्माबलम्वीहरूको सम्वन्धलाई थप मजबुत र सौहार्दपूर्ण बनाउनका लागि पोपले मुसलमान समुदायको राष्ट्र युएइको भ्रमण गर्न लाग्नु भएको समाचारमा जनाइएको छ ।

अरब प्रायद्वीपको भ्रमण गर्ने उहाँ पहिलो पोप हुने भेटिकनले बिहीबार जनाएको छ । आउँदो डिसेम्बर १७ तारिखका दिन ८२ बर्ष पुग्नुहुने पोपले यसअघि अन्य केही इश्लामिक देशहरुको पनि भ्रमण गर्नु भएको थियो ।

उहाँले सन् २०१४ मा टर्की, २०१६ मा अजरबैजान र २०१७ मा इजिप्टको भ्रमण गर्नु भएको थियो । त्यसैगरी आउँदो मार्चमा उहाँले मोरोक्कोको भ्रमण गर्ने तालिका बनेको छ ।

युएइको भ्रमणका क्रममा फ्रान्सिसले फेब्रुअरी ३ देखि ५ सम्म हुने अन्तर्राष्ट्रिय ‘इन्टरफेथ’ मा पनि सहभागी हुनुहुने भएको छ ।