क्षमता वृद्धि गरेर वैदेशिक रोजगारीमा जानुपर्छ : प्रदेश सभामुख

क्षमता वृद्धि गरेर वैदेशिक रोजगारीमा जानुपर्छ : प्रदेश सभामुख

विराटनगर, १३ मङ्सिर: प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले युवाले सीप र क्षमतामा वृद्धि गरी वैदेशिक रोजगारीमा जानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसद्को भूमिका तथा प्रदेशमा ‘आप्रवासी कामदार र तिनका परिवारको अवस्था’ विषयक छलफलमा उहाँले वैदेशिक राजगारीबाट प्राप्त विप्रेषण रकम विलाशितामा खर्च नगरी उत्पादन क्षेत्रमा लगाए राष्ट्र र परिवार समृृद्ध हुने बताउनुभयो ।

आयोगका आयुक्त सुदीप पाठकले कमजोर, दलितविरुद्ध विभेद अन्य गर्न तथा उनीहरुको मानव अधिकार संरक्षण गर्न प्रदेश सरकार, नागरिक समाज तथा जनप्रतिनिसँग आग्रह गर्नुभयो ।

आव २०७४÷७५ सम्ममा नेपालबाट एक लाख ८७ हजार महिलासहित ४९ लाख ७६ हजारले श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा प्रदेश नं १ बाट वैदेशिक रोजगारीमा गएकामध्ये मोरङ जिल्लाबाट ४० जनासहित १८१ जनाको मृत्यु भएको बताइएको छ ।