रियलको चासो मोउरिन्होलाई फेरि ल्याउने

लोरेन्जोलाई तीनवर्षे काराबासको फैसला

मंगलबार, कात्र्तिक ६ म्यानचेस्टर : रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होलाई रियल म्याड्रिडले दोस्रोपटक क्लबमा आवद्ध गर्न चासो देखाएको इङ्ग्लिश समाचार श्रोतहरुले जनाएका छन्।

रियल म्याड्रिडको खराब प्रदर्शनका कारण जुलेन लोपेटेगुईलाई रियलले बर्खास्त गरेमा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई भित्राउन सक्ने बिबिसीले जनाएको छ। लोपेटेगुई यसै सिजनमात्र जिनेदिन जिदानको स्थानमा रियाल सम्हाल्न आएपनि रोनाल्डो विनाको म्याड्रिडले खराब सुरुआत गरेपछि उनको स्थान सुरक्षित छैन।

तर मोउरिन्हो भने युनाइटेडमा खुशी रहेको र अन्य कतै जाने योजना नरहेको बताउँछन्। मोउरिन्होले च्याम्पियन्स लिगमा युभेन्टससँगको खेलअघि भने, “म युनाइटेडमा खुशी छु। हाल म म्यानचेस्टर युनाइटेड बाहेक केही सोची रहेको छैन। मेरो सम्झौताको अन्त्यसम्म युनाइटेडलाई सम्हाल्ने योजना छ “, मौरिन्हो २०२० सम्म ओल्ड ट्राफर्ड क्लबमा आबद्ध छन् ।

यसअघि पनि मोउरिन्हो रियल म्याड्रिडका प्रशिक्षक भइसकेका छन् । पछिल्लो पटक मोउरिन्हो रियलमा तेस्रो सिजनमा बर्खास्त भएका थिए । उनले त्यसदौरान क्लबका लागि लिग उपाधि भने जिते । रियल बसाईंका दौरान मोउरिन्होको सिनियर खेलाडीसँग खटपट बढेको थियो । केहि खेलाडी त क्लब छाड्न बाध्य नै भए ।