मिस्टर र मिस लायन्स २०१८ को घोषणा

मिस्टर र मिस लायन्स २०१८ को घोषणा

कास्की, २२ असोज : नेपालका लायन सदस्यहरु बीच नेतृत्व, व्यक्तित्व बिकाश, संचार कौशल, र प्रतिभा प्रदर्शनको उद्देश्यका साथ मिस्टर र मिस लायन्स २०१८ को घोषणा गरिएको छ । यस कार्यक्रमले लायन क्लबहरु ले संचालन गर्ने विभिन्न कार्यक्रमहरु को बारेमा जन मानसमा जानकारी गराउने र समाजसेवीलाई लायन्स क्लब प्रति आकर्षित गर्ने बिश्वास हामीले लिएका छौ ।

लायन्स क्लब इन्टरनेशनल विश्वभरको 200 भन्दा बढी देशहरूको भौगोलिक क्षेत्रहरूमा लगभग 45,000 क्लबहरूमा तेह्र लाख भन्दा धेरै सदस्यहरू छन ्। नेपालमा ३०००० हजार भन्दा बढी लायन सदस्यहरु रहेका छन् । यस कार्यक्रमको उद्देश्य LIONS CLUBS हरुको सशक्तिकरण तथा सदस्यहरूलाई प्रशिक्षण र अवसर प्रदान गर्ने रहेको छ ।

MR & Miss Lions 2018 को अडिसने नोभेम्बर १ देखि सुरु हुनेछ र नेपालका विभिन्न शहरहरूमा काठमाडौं, पोखरा, बुटवल, चितवन, धरान, जनकपुर, विराटनगर, बिरगज र नेपालगन्ज समेत सञ्चालन गरिनेछ । कुनै पनि उमेरका पुरुष वा महिलाहरू भाग लिन सक्नेछन् । संचार कौशल, व्यक्तित्व विकास, प्रस्तुति कौशल, स्वास्थ्य लगायत विभिन्न प्रशिक्षण सत्रहरू आयोजना गरिनेछ ।

यस कार्यक्रममा लायन्स क्लबका विभिन्न क्लबहरू तथा सदस्यहरु समावेश हुनेछन् र Grand finale December १ मा गरिनेछ ।

यस कार्यक्रमको ब्यवस्थापन र संयोजन इबेन्ट्स नेपाल द्वारा गरिनेछ ।