मोटोपनको उपचार गर्दै आएको, हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरको १०औं शाखा विस्तार

मोटोपनको उपचार गर्दै आएको, हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरको १०औं शाखा विस्तार

ललितपुर,१६ असोज:  कोरियन उपचार पद्धतिबाट मोटोपन को उपचार गर्दैआएको हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टरले १०औं वर्ष पुरा गरेको छ। १०औं वर्ष पुरा गरेको अवसरमा हेल्दी होमले ललितपुरको जावलाखेलमा १०औं शाखा पनि विस्तार गरेको छ।

नयाँ शाखा कार्यालयको स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादव र अभिनेतृ करिष्मा मानन्धरले संयुक्त रुपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले हेल्दी होमले नेपालमा पनि कोरियन पद्धतीको प्रयोग गरी मोटोपन लगायतका समस्याबाट ग्रसित नेपालीहरुको उपचार गरेकोमा खुशी व्यक्त गरे।
अभिनेतृ करिष्मा मानन्धरले बदलिएको जिवनशैली सँगै व्यस्तताले गर्दा आफूलाई समय दिन नसक्नेहरुको लागि एउटा सजिलो माध्यम बनेकोमा हेल्दी होमलाई धन्यबाद दिइन्।

मोटोपनको उपचार गर्दै आएको, हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरको १०औं शाखा विस्तार-2
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ तथा अधिवक्ता कल्पना शर्माले हरेक नेपालीले सहजरुपमा हेल्दीहोमको सेवालिन सक्ने विश्वास व्यक्त गर्दै फेरिएको जिवनशैलीमा होम सहयोगी सावित बनोस्भनि शुभकामना व्यक्त गरिन्।
जावलाखेल स्थित हेल्दीहोमको राज्यमन्त्री यादवले अवलोकन पनि गरेका थिए।

नेपालमा पहिलो पटक मोटोपना घटाउने र बडी सेप बनाउने पद्धति अवलम्बन गरेको संस्था स्वास्थ्य व्यवसाय बाट दर्ता भई सञ्चालनमा आएको होमले हेयर एन्ड केयर, स्किन केयर, ब्रेस्ट रिडक्सन, स्ट्रेच मार्क रिमुभ लगायतको सेवा प्रदान गर्दै आइरहेको हेल्दी होमका अध्यक्ष कृष्ण भण्डारीले बताए।

मोटोपनको उपचार गर्दै आएको, हेल्दी होम एन्ड नेचुरल हेल्थ केयरको १०औं शाखा विस्तार -1

कोरियन कस्मेटिक प्रविधिबाट महिनामा ५देखि१५ केजी सम्म तौल घटाउन उपयोगि मानिएको यो उपचार पद्धतीको सेवा लिएका ग्राहकहरुलाई कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो।१०औं वर्ष पुरा गरेको अवसरमा होमले विशेष छुट सहितको विभिन्न अफर पनि सार्वजनिक गरेको छ।