लहान होमयोप्याथिक अस्पताल सञ्चालनमा

शैक्षिकस्तर बढाउन गैरसरकारी संस्था सक्रिय

लहान, १६ असोज :  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ लहान नगरपालिका–५ खुट्टी खोलास्थित विलट साह रौनियार जनसेवा होमयोप्याथिक अस्पताल लहानको आज उद्घाटन गर्नुभएको छ ।
उहाँले आजै लहान नगरपालिकामा रहेका विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा पनि गर्नुभयो ।

उहाँले अस्पतालले नगरवासीलाई आवश्यक चिकित्सा सेवा पु¥याउने विश्वास व्यक्त गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ नारालाई साकार पार्न नगरपालिकालाई आह्वान गर्नुभयो ।
रु २२ लाखको लागतमा बनी आजदेखि सञ्चालनमा आएको अस्पतालको भवन एकतले र चारकोठे रहेको भवनदाता महेश गुप्ताले बताउनुभयो ।