समृद्धिको प्रतिफल प्राप्त हुन्छ – प्रधानमन्त्री

pm oli-nh

काठमाडौँ, २७ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि मात्रै समृद्धिको प्रतिफल पाउन सकिने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “गरीब देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारको देशबाट रोजगारको देश समृद्धिका लागि हाम्रो दिशा यही हो ।”

प्रधानमन्त्रीले हामीसँग स्रोत साधनको कमी नभएको उल्लेख गर्दै भन्नुभयो, “ती स्रोत साधनलाई समुचित प्रयोग गर्ने स्थायी नीति बनाएर अघि बढिरहेका छौँ । निश्चित समयपछि यसको प्रतिफल प्राप्त हुन्छ ।”