सकारात्मक समाचारलाई प्राथमिकतामा राख्न सुझाव

Shankar-Pokhrel

बुटवल, ५ असार : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारमाध्यमले सकारात्मक समाचारलाई बढी प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

‘जनता टेलिभिजन’को प्रदेश नं ५ को प्रदेश कार्यालयको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यमले राम्रो कामलाई सकारात्मक सन्देशका रुपमा प्रवाह गर्नुपर्ने र नराम्रो काम औँल्याइदिने हुनुपर्ने बताउनुभयो । (रासस)