अध्ययन प्रतिवेदन प्रस्तुत

metro-cable-22

काठमाडौँ, १० जेठ : काठमाडौँ उपत्यकामा केवलकार स१चालनसम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन आज प्रस्तुत भएको छ ।
फ्रान्स सरकारको अनुदानमा फ्रान्सका प्रख्यात कम्पनी एमडिपी, स्यास्त्र र पोमाले पाँच वर्ष लगाएर पूरा गरेको उक्त प्रतिवेदन नेपाल सरकारसमक्ष प्रस्तुत गरिएको हो । नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले उक्त प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, अर्थ मन्त्रालयका उच्च अधिकारी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई बेग्लाबेग्लै भेटेर प्रस्तुत गर्नुभएको यहाँस्थित फ्रान्सेली राजदूतावासले आज जनाएको छ । (रासस)