नेपाल ४ विकटले विजयी यूएईविरुद्ध

२८ माघ, काठमाडौं :  आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतकसँगै यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराब सुरुवात गर्‍यो । १० रन जोड्दा दुबै ओपनरलाई गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले सम्हालेका थिए ।

दिपेन्द्र सिंह ऐरी र शरद भेषावकरले पनि उनलाई साथ दिन सकेनन् र ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए ।तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्का मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।

आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए ।
रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे ।ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो ।

युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दिप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे ।

शीर्ष स्थानमा क्यानडा

मर्नु र बच्नु  अवस्थामा रहेको नेपालको यो जितसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।लगातार तेस्रो खेल जितेको क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा छ ।आइतबार केन्यामाथि ५९ रनको जित निकालेको छ ।