प्रदेश ६ सभामुखमा राजबहादुर शाही बन्ने दावी

 २८ माघ,काठमाडौं:  दैलेखबाट निर्वाचित सांसद राजबहादुर शाही प्रदेश ६ को सभामुख बन्ने निश्चित भएको छ ।

एमालेले आफ्नो भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार शाहीलाई आज उम्मेदवार चयन गरेको हो । शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख) बा निर्वाचित सांसद हुन् ।

मुगु प्रदेश (ख) बाट निर्वाचित चन्द्र शाहीले पनि सभामुखमा दावी गरेका थिए । प्रदेश ६ मा सभामुखको चुनाव सोमबार हुँदै छ

सोमबार सभामुखको चुनाव हुने भएपछि एमाले आज शाहीलाई सर्बसम्मत उम्मदवार बनाएको हो । सर्बसम्मत रुपममै राजबहादुरलाई सभामुखको उम्मेदवार चयन गरिएको सांसद प्रकाश ज्वालाले जानकारी दिए ।

सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको थियो ।

 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh