नेपाल आज ओमानसँग खेल्दै , १.१५ बजे सुरु

काठमाडौं, २६ माघ :  विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ ।

अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको थियो । क्यानडाले १६ अौं अोभरमै जित दर्ता गरेको थियो ।

प्रतियोगिताको अंक तालिकामा अोमान पुछारमा रहेको छ । नेपाल भने रनरेटका अाधारमा तेस्रो स्थानमा छ । शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ ।

पहिले बलिङ गर्दै हिजो नेपालले नामिबियालाई १ सय ३८ रनमा अलआउट गर्न सफल भएको थियो । तर लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ निकै फितलो देखियो । नेपालका तीन भरपर्दा ब्याट्सम्यान कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर क्रिजमा धेरै समय टिक्न सकेनन् भने दिपेन्द्र ऐरी, आरिफ शेख र दिलिप नाथको प्रदर्शन पनि निकै खराब रह्यो ।

नेपाललाई वसन्त रेग्मीको २४ रनले हारबाट जोगाएको थियो । ठूलो प्रतियोगितामा धेरैजसो नेपालको ब्याटिङ नै फितलो देखिने गरिन्छ र पहिलो खेलमा पनि सो कायम रह्यो । पिच तुलात्मक रुपमा स्लो देखिएकाले नेपालले संयम अप्नाई अनुभव र जोशलाई मैदानमा उतार्न आवश्यक छ । खेल आज नेपाली समय अनुसार १.१५ बजे सुरु हुने छ ।

डिभिजन-२ को सम्पूर्ण नतिजा तथा तालिका यहाँ हेर्नुहोस्:

नेपालविरुद्ध ओमान: हेड टु हेड

२००७ एसीसी ट्रफि – नेपाल २ रनले विजयी
२००९ एसीसी ट्रफि – ओमान १२ रनले विजयी
२०११ एसीसी ट्रफि – ओमान २ रनले विजयी
२०१३ डिभिजन ३ – नेपाल २८ रनले विजयी

Online Shopping in BangladeshCheap Hotels in Bangladesh