नेपाली चिनियाँ चित्रकला प्रदर्शनी शनिबार

काठमाडौँ, १८ माघ: नेपाल कला परिषद् र नेपाल चीन ओबोर संस्कृति आदानप्रदान प्रवद्र्धन संस्थाको आयोजनामा शनिबार परिषद्, बबरमहलमा समसामयिक नेपाली चित्रकला र चिनियाँ लाक्वेर(रोगन) चित्रकला प्रदर्शनी हुने भएको छ ।

न्यू आर्ट सर्कल सहप्रायोजक रहने सो प्रदर्शनीमा नेपालका शङ्करनाथ रिमाल, नरेशसुन्दर संैँजु, हरिबहादुर खड्का, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, टार्जन साङ्पाङ, शान्तकुमार राई, किरण मानन्धर र कृष्ण मानन्धर तथा चीनका ३५ कलाकार सहभागी हुनेछन् ।
यही माघ २६ गतेसम्म चल्ने प्रदर्शनीकै क्रममा परिषद् र ओबोर संस्कृति संस्थाबीच नेपाल चीन कलासम्बन्धी विषयमा आदानप्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर हुने परिषद्का सदस्य संैँजुले जानकारी दिनुभयो ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh