ट्रक पल्टिँदा २० गोरु मरे

राजविराज, १८ माघ:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ ।

सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh