‘बिर्तामोड सन्देश’ प्रकाशन शनिबारदेखि शुरु

भद्रपुर, १४ माघ:  झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ ।

बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शनिबार उक्त बुलेटिनको सामूहिक रुपमा विमोचन गर्नुभयो ।
उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बुलेटिनका सम्पादकमा एकराज गिरी रहनुभएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh