प्रदेशसभाको बैठक माघ २१ गते आह्वान

धनगढी, ११ माघ:  ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गर्नु भएको छ ।
यहां स्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिनु भयो ।
सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh