ग्यास बुलेट त्रिशूली नदीमा खस्दा चालकको मृत्यु

Accident-nh

चितवन, २९ फागुन : मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा गए राति खस्दा भारतीय चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ ।