अटो रिक्सा दुर्घटना हुँदा ६ घाइते

 -उज्ज्वल आचार्य

फागुन २७, दाङ : दाङमा अटो  रिक्सा दुर्घटना हुदा छ जना घाइते  भएका छन् । लमही नगरपालिका वडा नं. ६ मध्यनगरमा ना १ घ ८६९६ नं.को  अटो रिक्सा दुर्घटना हुदा अटो  चालक लमही–६ निवासी ५० वर्षीय सिङ्नाथ चौ धरी, लमही–८ निवासी ३५ वर्षीय रामबहादुर चौ धरी, लमही–६ निवासी ११ वर्षीया खुशी सुनार, सो ही ठाउ निवासी ४३ वर्षीया जानका सुनार, ३० वर्षीया लीला चौ धरी, छ वर्षीय मानव चौ धरी घाइते  भएको  वडा प्रहरी कार्यालय लमहीले  जनाएको  छ ।

चालक सिङ्नाथ चौ धरी र जानका सुनारलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको  छ । चारजनाको  लमही अस् पतालमा उपचार भइरहे को  छ ।
Online Shopping in BangladeshCheap Hotels in Bangladesh