गाईको संरक्षण गर्न गौ यज्ञ हुँदै

-उज्ज्वल आचार्य
फागुन २७, दाङ : दाङको प्रसिद्ध धार्मिक स्थल रिहार वगारवावा धार्मिक विकास क्षेत्रमा राष्ट्रिय जनावर गाईको  संरक्षण र गौ शाला निर्माण गर्ने  उद्दे श्यले  लमहीमा गौ यज्ञ हुने  भएको  छ ।
रिहार बगारबाबा धार्मिक विकास क्षे त्रमा निर्माणाधीन गौ शालामा  हाल ५३ वटा गाई पालिएको छ । गाईलाइ छाडा रुपमा छो ड्ने  प्रचलन बढ्न थाले पछि दाङमा पहिलो  पटक गाई संरक्षण गर्ने  उद्देश्य राखे र महायज्ञ आयोजना गर्न लागिएको हो  ।
लमही स्थित सार्वजनिक बगैचामा चैत १ देखि ९ गते सम्म गौ  यज्ञ महोत्सव तथा देवीभागवत ज्ञान महायज्ञ आयोजना गरिदै छ । लमही नगरपालिका वडा नं. ९ स् िथत बगारबाबा धार्मिक क्षेत्रमा रहे को  गौशालाको  व्यवस्थापन तथा भौ तिक पूर्वाधार निर्माणमा सहयोग जुटाउने  उद्देश्यले  महायज्ञ सञ्चालन गर्न थालिएको  गौ  यज्ञ महोत्सव तथा दे वी भागवत ज्ञान महायज्ञका संयो जक रतनकुमार के सीले  जानकारी दिनुभयो  । महायज्ञको  कथा वाचन चर्चित युवा पण्डित रामचन्द्र तिमिल्से नाले  गर्ने  कार्यक्रम छ ।
महायज्ञ अवधिमा रुद्री, लक्ष्यवर्तिका, ग्रह पूजा, ब्रतबन्ध, चौ रासी पूजा, तुला दान, गाई दान, गाई भो जनलगायतका धार्मिक कार्य गर्न सकिने  छ ।
Online Shopping in BangladeshCheap Hotels in Bangladesh