गुड्दागुड्दै मोटरसाइकलमा आगो

काभ्रे,फागुन २७: अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा चारदोवाटोमा गुड्दागुड्दै मोटरसाइकलमा आगो लागेको छ । बा १९ प ३३२१ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

मोटरसाइकल चालक दोलखाको सैलुङ गाउँपालिकाका सागर तामाङ भने सकुशल छन् । बीच सडकमै मोटरसाइकलमा आगो लागेपछि केहीबेर सो सडकमा यातायात आवागमन बन्द भएको छ । आगो निभाउन दमकलको प्रयोग गरिएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh