एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै

काठमाडौं ,२७ फागुन : पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने  ।

एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद छन् ।ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सांसद छन् । दिउँसो साढे १२ बजेपछि बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्वोधन गर्ने जनाइएको छ ।