बंग्लादेशविरुद्ध टि-२०मा भारत ६ विकेटले विजयी

ढाका,२५ फागुन :  गए राति सम्पन्न भारत विरुद्ध बंग्लादेशको टि-२० अन्तर्राष्ट्रिय खेलमा भारत ६ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंग्लादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन जोड्न सफल भएको थियो । बंग्लादेशका लागि लिटोन दासले सर्वाधिक ३४ रन जोडे भने सब्बिर रहमानले ३० रनको योग्दान दिएका थिए । भारतका लागि जयदेव उनाद्कटले ३ विकेट लिएका थिए ।

जवाफमा भारतले १ सय ४० रनको लक्ष्य ४ विकेटको क्षतिमा १८ ओभर ४ बलमै पुरा गर्‍यो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ५५ जोडे । त्यस्तै सुरेश रैनाले २८ रनको योग्दान दिए भने मनिश पाण्डे २७ रनमा अवजित रहे । दोस्रो टि-२० खेल बुधबार खेलिने छ ।

 

(एजेन्सी)