पिकेलाई लिएर बार्सिलोना सावधान हुन् जरुरी

बार्सिलोना,२५ फागुन :  बार्सिलोनाका सेन्टर ब्याक जेरार्ड पिकेले बार्सिलोनाका पछिल्लो सबै खेल खेल्दै आएका छन् । तर उनी पूर्ण रुपमा फिट भने छैनन् ।

काटालान डर्बीमा गत फेब्रुअरी ४ मा घुँडाको चोट बोकेपनि मैदानमा देखा परेका पिकेले विश्राम भने पाएका छैनन् । त्यसपछिको बार्सिलोनाको खेलहरुमा पनि पिके घुँडाको चोटका कारण संघर्ष गर्दै गरेको देखिन्छन्  ।

पिकेको चोटलाई लिएर बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्दे पनि चिन्तित देखिन्छन् , “पिकेको चोटलाई पूर्ण रुपमा ठिक हुन् २ वा ३ साता लाग्नेछ, तर हामीसँग त्यो समय छैन”, भाल्भर्देले स्पेनिस मिडिया मार्सालाई भने, “पिके चोट बोकेर पनि खेल्न सकेका छन्, त्यसैले हामीले जोखिम उठाएका हौँ ।”

“उनलाई चोट लागेको ठाउँमा थप नलागोस भन्ने हाम्रो कामना हो, अहिलेसम्म केही नराम्रो भएको छैन “, भाल्भर्देले थपे, “त्यसैले हामी उनको चोट बाबजुद उनलाई खेलाउँछौं। “

चेल्सीसँग च्याम्पियन्स लिगको दोस्रो लेग नजिकिदै गर्दा पिकेलाई शनिबार हुने मलागासँगको खेलमा भने विश्राम दिने सम्भावना छ । ला लिगाको पुछारमा रहेको मालागा विरुद्ध थोमस भर्मालेन वा येरी मिना खेल्न सक्ने सम्भावना छ ।

 

(एजेन्सी)

Online Shopping in BangladeshCheap Hotels in Bangladesh