महिला पत्रकार देवलाई सम्मान

सप्तरी, २५ फागुन:  १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला पत्रकार सुधा देवलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा वक्ताले नारी स्वतन्त्रताका साथै महिला हिंसा अन्त्यका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

नारी दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघ, सप्तरीकी महिला उपाध्यक्षसमेत रहेकी देवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो । महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठको अध्यक्षता तथा प्रदेश नम्बर २ का उपसभामुख उपमा देवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।