चाँडै भेटवार्ता हुने, ट्रम्पले स्वीकारे किमको निम्तो

काठमाडौँ, फागुन २५ : उत्तर कोरियाली नेता किम जोङले छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेका छन्।

उत्तरका नेता उनको पत्र ट्रम्पलाई हस्तान्तरण गरे पछि बरिष्ठ दक्षिण कोरियाली अधिकारीबाट यस्तो आश्चार्यपूर्ण घोषणा भएको हो।

दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङका अनुसार चाँडै ट्रम्पले किम जोङ उनसँग भेटदैछन् । तर, यसको समय बारे भने केही पनि उल्लेख गरिएको छैन्।

चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन्। ‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु नि:शस्त्रीकरणमा प्रतिबद्ध छन्,’ उनले वासिङटनमा एक पत्रकार सम्मेलनमा भने।

यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो। दुई कोरियाबीच शीतकालिन ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो।’

यस अघि नेता उनसँग वार्ता गर्नुको कुनै अर्थ नरहेको बताउने गरेका अमेरिकी राष्ट्रपति ट्रम्प यसपाली भने सकरात्मक भएका छन्। उनले पछिल्लो घटनाक्रमबारे ट्वीट गर्दै ‘ठूलो उपलब्धी’ भएको बताएका छन्।

ट्वीटमा ट्रम्पले भेटघाटको योजना बनेको बताउँदै उत्तर कोरिया विरुद्धको नाकाबन्दी भने वार्ता निष्कर्षमा नपुगुन्जेल जारी रहने बताएका छन्।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh