आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङ, २५ फागुन:  ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चोकका आगलागी पीडित दिवाकर भट्टराईको परिवारलाई बिहीबार दिउँसो दुईवटा स्थानीय सामाजिक संस्थाले राहत प्रदान छन् ।

बिहीबार बिहान भएको आगलागीबाट घर गुमाएका भट्टराईको परिवारलाई अन्तर्राष्ट्रिय हरियाली मञ्च, शाखा ताप्लेजुङ र स्थानीय सोसियल युथ गाईजले राहत प्रदान गरेका हुन् ।

तत्कालका लागि पीडित परिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडालगायतका सामग्री हस्तान्तरण गरिएको ती संस्थाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय हरियाली मञ्चले नगद रु छहजार एकसय एक प्रदान गरेको संस्थाका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिनुभएको छ भने युथ गाईजले एक बोरा चामल, सिरक एक थान, कुकर, कराई, थाल, डाडु पन्यूलगायतका सामग्री दिएको सो संस्थाका अध्यक्ष केशव आचार्यले जानकारी दिनुभएको छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका यी संस्था राहत लिएर सबैभन्दा पहिले पुगेका हुन् । बाबुको काजक्रियामा बसेका दिवाकरको घरमा बिहीबार बिहान करिब ३ बजे अचानक आगलागी भएको थियो । आगलागीका कारण घर पूर्णरुपमा नष्ट भएको छ भने घरभित्र रहेका सम्पूर्ण सामग्रीसमेत जल्दा झण्डै रु आठ लाख मूल्य बराबरको क्षति भएको बताइएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh