डुम र चमार बस्तीमा खाद्यान्न र कपडा वितरण

rahat-bitran

पोखरा, २२ फागुन : समाजका असहाय एवं विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील रेन्बो चिल्ड्रेन होम नेपाल पोखराद्वारा बारा जिल्लाको महागडीमाई नगरपालिका–३ र ४ का डुम तथा चमार बस्तीमा मङ्गलबार खाद्यान्न तथा कपडा वितरण गरिएको छ ।

पोखराबाट खाद्यान्न, लत्ता कपडासहित गएको एक टोलीले सो स्थानका ७५ घरका ३५० जना परिवारलाई तीन लाख पचास हजार मूल्यबराबरको सामग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वस्तीका प्रतिपरिवार ३० केजी चामल, दुई केजी केराउ, दुई केजी चना, एक लिटर खाने तेल, एक केजी नूनसहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा महागडीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले खाद्यान्न तथा लत्ताकपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरी उनीहरुलाई आत्मनिर्भर बनाउनेतर्पm नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो ।

बारा मेडिकल कलेजका डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्पmत सुविधा पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विसं २०६५ मा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपालले यसअघि मुलुकका विभिन्न जिल्लामा विपन्न बस्तीमा खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

स्वदेशी तथा विदेशी दाताको सहयोगमा सञ्चालित सो संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीय रुपमा र ४६ जनालाई घरघरमा मासिक रुपमा दुई हजार पाँच सयदेखि रु छ हजारसम्म पठनपाठनमा सहयोग पु¥याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिनुभयो ।  (रासस)