लिभरपुल एग्रिगेटमा ५-० ले विजयी रहँदै क्वाटरफाइनल स्थान पार्न सफल

लिभरपुल , २३ फागुन :  च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा गए राति इंग्लिस क्लब लिभरपुल पोर्चुगेली क्लब पोर्टोसँग गोल रहित बराबरी खेलेको छ ।

खेल बराबर भए पनि लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित पार्न सफल भयो । लिभरपुलले पोर्टोकै घरेलु मैदानमा पहिलो लेगमा ५-० को फराकिलो जित दर्ता गरेको थियो ।

दोस्रो लेगको खेलमा लिभरपुलले आफ्ना स्टार मोहम्मद सालाहलाई बेन्चबाट सुरुवात गराए पनि दोस्रो हाफमा उनी मैदान प्रवेश गरेका थिए । लिभरपुलले थुप्रै आक्रमणको प्रयास गरेको थियो भने पोर्टोले पनि केहि प्रयास गरेको थियो ।

लिभरपुलका साडियो मानेको पहिलो हाफको प्रहार पोस्टमा लागेर फर्केको पनि थियो । अहिलेसम्म साविक विजेता रियल म्याड्रिड र लिभरपुलले अन्तिम ८ मा स्थान पक्का गरिसकेका छन् ।

 

(एजेन्सी) –