अधिकारकर्मी डा परियार सम्मानित

काठमाडौँ, २३ फागुन:  अमेरिकास्थित न्युजर्सी निवासी नेपाली अधिकारकर्मी डा विष्णुमाया परियारलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा द सोसाइटी अफ फरेन कन्सुल इन न्युयोर्कद्वारा न्युयोर्कको म्यानहटनमा आयोजित समारोहमा न्युयोर्कमा रहेका विश्वका १५५ देशका महावाणिज्य दूतावासका तर्फबाट डा परियारलाई सम्मान गरिएको हो ।

कार्यक्रम आयोजक द सोसाइटी अफ फरेन कन्सुल इन न्युयोर्क सन् १९२५ मा स्थापना भएको न्युयोर्कमा रहेका विश्वका महावाणिज्य दूतावासहरुको साझा संस्था हो ।

कार्यक्रममा अल्जेरिया, बंगलादेश, बार्बादोस, बुल्गेरिया, जर्जिया, हैटी, हंगेरी, भारत, जमैका, कोसोभो, मेक्सिको, पाराग्वे, फिलिपिन्स, रसिया, साउदी अरेबिया, टर्की, थाइल्याण्डलगायत विभिन्न देशका महावाणिज्यदूतको उपस्थिति रहेको थियो ।

सम्मानित डा परियार नेपालका दलित समुदायको उत्थानका लागि काम गर्दै आउनुभएको अमेरिकामा बस्दै आउनुभएका खसोखास डटकमका सम्पादक दीपक परियारले राससलाई जानकारी दिनुभयो ।