पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना

चौतारा, २३ फागुन:  सिन्धुपाल्चोकका अमुर्त चित्रकार, साहित्यकार एवम् पत्रकार अमित घिमिरेले आफ्नी स्वर्गवासी माताको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ ।

स्व माता पवित्रादेवी घिमिरेको तेह्राँै पुण्य तिथिको दिन नेपाल पत्रकार महासंघ शाखाका सचिव दिनेश थापालाई घिमिरेले मंगलबार रु २० हजार नगद रकम हस्तान्तरण गर्नुभएको हो । उक्त पुरस्कारबाट जिल्लामा रहेका सबै एफएम रेडियोमा काम गर्ने एकजनालाइ महासंघले छनोट गरी प्रत्येक तीन वर्षमा हुने महासंघको अधिवेशनका दिन सम्मान गरिने उद्देश्य रहेको छ ।

पुरस्कारका लागि पत्रकार घिमिरेका साथै उहाँका दाजुहरु क्रमशः दुर्गाप्रसाद, धरणीधर, तुलाराम र दिदी खड्ग कुमारी समेतले आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो । यसअघि पत्रकार घिमिरेका स्व पिता रामप्रसाद घिमिरेको स्मृतिमा पनि छापा पत्रकारितामा काम गर्ने एक जना पत्रकारलाइ प्रत्येक तीन वर्षमा सम्मान गर्ने गरी उहाँहरुले अक्षयकोषको स्थापना गरिसक्नुभएको छ ।