म्यानचेस्टरले क्रिस्टल प्यालेसलाई ३–२ ले हराए

लण्डन, २२ फागुन :  निमान्या म्याटिचले इन्जुरी समयमा गोल गरेपछि २ गोलले पछि परेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा गएराती क्रिस्टल प्यालेसलाई ३–२ ले हराएको छ ।

एन्ड्रोस टाउनसेन्ड र प्याट्रिक भान आनहोल्टको गोलमा ४८ मिनेटमा प्यालेसले २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा रक्षक क्रिस स्मलिङले एन्टोनियो भ्यालेन्सियाको क्रसमा हेड गोल गर्दै खेलमा फर्काउने कोशिस गरेका थिए । रोमेलु लुकाकुले प्रिमियर लिगमा ९९ औं गोल गरेपछि युनाइटेडले खेलमा २–२ को बराबरी गरेको थियो ।

त्यसपछि प्यालेसका क्रिस्टियन बेन्टेकेको हेडप्रहारलाई युनाइटेडका गोलकिपर डेभिड डी गेयाले रोक्दै टोलीको संकट टारेका थिए । अर्को तिर इन्जुरी समयमा म्याटिचले गोल गर्दै युनाइटेडलाई जित दिलाए । जितपछि युनाइटेड पुनः अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

शीर्षस्थानको म्यानचेस्टर सिटीको ७८, युनाइटेडको ६२ र तेस्रो स्थानको लिभरपुलको ६० अंक छ । २७ अंक मात्र रहेको प्यालेस रेलिगेसन क्षेत्रमा छ ।

 

 

 (एजेन्सी)–

Online Shopping in BangladeshCheap Hotels in Bangladesh