राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

२२ फागुन, काठमाडौं: निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले  साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो । संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

————————————————————————————————————————————–

बैठकमा आयोगको तर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएकोमा दलहरूले आयोगको प्रस्तावलाई समर्थन गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारको मनोनयनपत्र दर्ता गरेका उमेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।

छलफलमा पाँच राजनीतिक दल नेकपा (एमाले) का नेताहरू राजेन्द्र पाण्डे, अग्नि खरेल, नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि,  मीनेन्द्र रिजाल, नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, केशव झा र संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, डा. शिवजी यादव सहभागी थिए ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि अब सरकारसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति र निर्वाचन कार्यतालिकाको घोषणा गर्ने तयारी गरेको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh