फागुनसम्म संघीय महाधिवेशन गर्ने निर्णय: नयाँ शक्ति

२२ फागुन, काठमाडौं:सातै प्रदेशमा इन्चार्ज र  नयाँ शक्ति पार्टीले १७ सदस्यीय सचिवालय तोकेको छ । महाधिवेशन आयोजक समितिको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकले १७ सलस्यीय सचिवालय। नयाँ शक्तिले ०७५ साललाई पार्टीको महाधिवेशन वर्ष बनाउने निर्णय गर्दै भदौ र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र १०–१५ फागुनसम्म संघीय महाधिवेशन गर्ने निर्णय गरेको छ

-सातै प्रदेशमा इन्चार्ज र संयोजक तोकियो

-प्रचार, सूचना, सञ्चार, तथा प्रकाशन विभाग गठन गरियो 

बैठकले सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग गठन गर्दै संयोजकको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । पाण्डे पार्टी संयोजक डा. बाबुराम भट्टराईको स्वकीय सचिवसमेत हुन् । डा. भट्टराई संयोजकत्वको १७ सदस्यीय सचिवालयमा कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी र संरक्षक परिषद्को संयोजक सदस्य छन् ।

नयाँ शक्तिले सातै प्रदेशमा इन्चार्ज र संयोजक तोकेको छ । प्रदेश १ मा राजेन्द्रकुमार किराँती इन्चार्ज र देवराज भण्डारी संयोजक, २ मा रामरिझन यादव इन्चार्ज र सुशील यादव संयोजक, ३ मा गंगानारायण श्रेष्ठ इन्चार्ज र सोनामसिंह स्याङ्तान संयोजक, ४ मा रुद्रबहादुर गुरुङ इन्चार्ज र देवीप्रसाद सुवेदी संयोजक, ५ मा नवराज सुवेदी इन्चार्ज र दानबहादुर चौधरी संयोजक, कर्णाली प्रदेशमा सरुण बाठा मगर इन्चार्ज र रामबहादुर बोहोरा संयोजक तथा प्रदेश ७ मा कृष्णकुमार चौधरी इन्चार्ज र प्रकाशबहादुर साउद संयोजक तोकिएको छ ।

बैठकले १९ वटा विभाग गठन गर्दै इञ्चार्जसमेत तोकेको छ । प्रवास विभागको इन्चार्जमा हिसिला यमी इन्चार्ज र संयोजकमा धनबहादुर गुरुङलाई चयन गरेको छ । पार्टी प्रवक्ताको जिम्मेवारी डम्बर खतिवडा र प्रशान्त सिंहलाई दिइएको छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh