सिंहको शोकमा अदालतका इजलास बन्द

काठमाडौँ, २१ फागुन : सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंहको निधनका कारण आज अदालतका सम्पूर्ण इजलास बन्द भएका छन् ।
इजलास बन्द भए पनि अदालतको प्रशासनिक कार्य भने सञ्चालन भएको अदालतका प्रवक्ता नारायण पन्थीले बताउनुभयो । पूर्वन्यायाधीश सिंहको आइतबार निधन भएको थियो । आज हुन भनिएका मुद्दाको पेशी मंगलबार तोकिएको बताइएको छ । उहाँका अनुसार आज सिंहको निधनमा शोक प्रस्तावसमेत पारित गरिएको छ ।
आयोगद्वारा दुःख व्यक्त

राष्ट्रिय मानव अधिकार आयोगले आयोगका पूर्वसदस्य सिंहको निधनमा शोक व्यक्त गरेको छ । आयोगको आज बसेको आकस्मिक बैठकले सिंहको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आयोगले सिंहको तस्वीरसहित १३ दिनसम्म शोक पुस्तिका राखिने र निधनको १३ औँ दिनको पुण्यतिथिमा आयोगका सबै कार्यालयमा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ । सिंहले आयोगमा विसं २०६४ असोजदेखि २०७० भदोसम्म काम गर्नुभएको थियो । सिंहकोसर्लाहीमा रहेको आफ्नै निवासमा निधन भएको थियो । (रासस)

Online Shopping in BangladeshCheap Hotels in Bangladesh