दुर्घटनामा दुईको मृत्यु

म्याग्दी, २१ फागुन :बेनी नगरपालिका–९ गलेश्वरमा आज ट्रयाक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नंको ट्रयाक्टर गलेश्वरमा निर्माणाधीन बसपार्क नजिकैबाट कालीगण्डकी नदीमा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चालक रघुगंगा गाउँपालिका–३ का राम विक र ट्रयाक्टरमा रहेका बेनी नगरपालिका–९ गलेश्वरका गणेश कार्कीको उपचारका क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।  (रासस) 

Online Shopping in BangladeshCheap Hotels in Bangladesh