राष्ट्रपति चयनका लागि चुनावी प्रक्रिया सुरु

काठमाडौं, फागुन २१ : संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि अाज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ ।

राष्ट्रपति चयनका लागि फागुन २९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले फागुन २३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।

त्यसको भोलिपल्ट आयोगले उम्मेदवारको दाबी विरोधमा उजुरी लिनेछ र परेका उजुरीबारे जाँचबुझ गरेर फागुन २४ गते उम्मेदवारको नामावली प्रकाशित गर्नेछ ।
उम्मेदवारी फिर्ता लिन फागुन २४ गतेको मिति तोकिएको छ भने अन्तिम नामावली त्यसको भोलिपल्ट प्रकाशित हुनेछ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख छ ।

संघीय संसदमा राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ गरी कुल ३ सय ३४ सदस्य रहेका छन् । यस्तै प्रदेशसभामा ५ सय ५० सदस्य रहेको छ । संघीय संसदको कुल २ सय ७५ र प्रदेशसभाको ५ सय ५० गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि ८ सय ८४ मतदाता रहेका छन् ।

संविधानको धारा ६२ (१) मा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानून बमोजिम फरक हुने उल्लेख छ ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh