हुण्डी कारोबारीलाई पक्राउ

२० फागुन, काठमाडौं : उपहार परेको छ भन्दै ठगी गर्नेहरु खोज्ने क्रममा हुण्डी कारोबारीलाई पक्राउ परेका छन् ।

पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ४० हजार पाउण्डको उपहार परेको भन्दै ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ परेको हो ।

पवि र लक्ष्मीदेवीले उपहारको लोभमा नागार्जुन–४, सितापाइलाका जयराम कार्कीलाई ४६ लाख बुझाएका थिए ।

यो रकम खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशन नामक कस्मेटिक होलसेलका सञ्चालक नारायण अग्रवाललाई दिए । अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई पठाएको भेटिएको छ ।

अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९२० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार हुल्ने एसएमएस भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार हुण्डीको मुख्य कारोबारी नारायण अग्रवाल र नेपाल लोजेस्टिक प्राली खिचापोखरीका सञ्चालक राकेश गुप्ता भएको खुलेको छ । दुबै फरार छन् ।

कुरियरमा काम गर्ने जयराम र कस्मेटिक होलसेलका म्यानेजर कृष्णगोपाल हुण्डी कारोबारको मतियार भएको प्रहरीले बताए ।