कलाकार राजेन्द्र खड्गीलाई जेल चलान

काठमाडौँ, २१ फागुन: नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।
कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका १२ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले माघ २५ गते काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका बेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीले बयानमा भनेका थिए ।