दुनियाँका केही अनौठा कानून- ( हेर्नुहोस )

काठमाडौँ, १९ फागुन : दुनियाँका केही अनौठा कानूनका चर्चा गर्दैछौँ जसबारेमा थाहा पाउँदा तपाइँले एकपटक सोँच्न बाध्य हुनुहुनेछ साँच्ची उट्पट्याङ लाग्छन् यी कानूनहरु । कतिपय त कार्यान्वयन गर्नै असम्भव जस्तो लाग्दछ ।

  •  स्विजरल्याण्डमा रातको दश बजेपछि ट्वाइलेटको फ्लस बटन दबाउन प्रतिबन्ध छ । यदि यसो गरेमा जरिवाना गरिने नियम छ । यो नियम सरकारले नभै घरबेटीहरुले आफूखुसी लगाउने गर्दछन् ।
  • यदि सिंगापुरमा जाँदै हुनुहुन्छ भने आफूसँग चुइंगम लिएर नजानुस् । साथमा चुइंगम लैजान त्यहाँ प्रतिबन्धित छ । चुइंगम चपाएको पाइएमा सिंगापुरमा सजाय पनि हुनसक्छ ।
  • समोआमा आफ्नी पत्नीको जन्मदिन भुल्ने लोग्नेलाई सजाय हुन्छ ।
  • अमेरिकाको फ्लोरिडामा जनावरको नक्कल गर्नु गैरकानूनी हुन्छ ।
  • अमेरिकाको मिनिसोटामा महिला र पुरुषका भित्रि वस्त्रलाई एकैठाउँमा सुकाउन पाइँदैन ।
  •  मोन्टाना टापुको बोजम्यानमा प्रचलित एक कानूनका अनुसार त्यहाँ सुर्यास्त पश्चात् घरको प्रांगणमा यौन गतिविधि गर्न प्रतिबन्ध छ ।
  •  अमेरिकाको नेवादामा दाह्रीवाल पुरुषहरुलाई महिलामाथि चुम्बन गर्न प्रतिबन्ध लगाउने प्राचीन कानून रहेको छ ।
  •  अमेरिकाको सनप्रलान्सिस्कोमा कार वाशिंग गर्ने क्रममा कारलाई भित्री वस्त्रको टालोले पुछ्न प्रतिबन्धित छ ।
  •  डेनमार्कमा आफूखुसी बच्चाको नाम राख्न पाइँदैन ।
  •  अमेरिकाको इण्डियानामा बार्बी डललाई पुरुष पहिरन लगाइदिन पाइँदैन ।
  •  पोर्चुगलमा समुद्रमा पिसाब फेर्न प्रतिबन्धित छ ।
  •  नर्थ क्यारोलिनामा कसम खानू प्रतिबन्धित छ भने केन्टकीमा गोजीमा आइसिक्रमको कोन बोक्न पाइँदैन ।

एजेन्सी

Online Shopping in BangladeshCheap Hotels in Bangladesh