सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

 काठमाडौँ, १९ फागुन :  विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।

खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।

आयोजक ओडीसी इन्टरनेसनले सलमानको शो केही समयपछि हुने बताएको छ ।

शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

लिइसकेको पाँच करोड सलमानले त्यो पैसा ! के हुन्छ ?

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको  बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । सँधैका लागि रद्द गर्न सकिने विषयमा उल्लेख छैन ।

त्यसैले यदि ओडीसी इन्टरनेसनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ ।

ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङ भन्छन्, ‘अहिलेको स्थितिलाई मध्येनजर गरेर कार्यक्रम स्थगित गरिएको हो, तर हामी चाँडै नयाँ मिति तय गर्छौं । हामी शान्तिपूर्ण माहोलमा कार्यक्रम गर्न चाहन्छौं ।’
यस विषयमा सलमान खानले आजै बेलुकी विज्ञप्ति जारी गर्न सक्ने उनले बताए ।

देशमा एउटा विदेशी सेलिबि्रटी आएर प्रस्तुति दिने कुरालाई नकारात्मक रुपमा नलिइदिन गुरुङले आग्रह गरे ।

‘हाम्रो देशका कलाकारहरु पनि विभिन्न देशमा गएर प्रस्तुति दिनुहुन्छ, त्यसैगरी विदेशबाट पनि कलाकारहरु यहाँ आउनुलाई अन्यथा लिन मिल्दैन,’ भने ।

२६ गते हुने भनिएको शोका लागि अहिलेसम्म करिब ५ हजार टिकट बिक्री भइसकेका छन् । निकट भविष्यमै शो आयोजना हुने र यही टिकटबाट हेर्न सकिने गुरुङ बताउँछन् ।

 महासंघ:  बल प्रयोगको योजना थिएन ( ‘आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको जित’ )

यसैबीच विप्लव माओवादी निकट अखिल नेपाल सांस्कृतिक महासंघले सलमानको शो स्थगित भएकोमा खुशी व्यक्त गरेको छ । महासंघका महासचिव खेम थपलियाले शो स्थगित हुनु ‘आमूल परिवर्तनकारी तथा राष्ट्रप्रेमी नेपाली जनताको जित’ भएको बताए ।

‘हामी यो शो रोक्नका लागि निर्णायक दबाव दिने तयारीमा थियौं, तर बेलैमा आयोजकले बुद्धि पुर्‍याए ।’ उनले भविष्यमा पनि शो आयोजना गर्न नदिने बताए ।

कार्यक्रम आयोजना भएको भए के तपाईंहरु हिंसात्मक कार्य गरेर रोक्नुहुन्थ्यो भन्ने प्रश्नमा थपलियाले त्यस्तो योजना भने नरहेको बताए ।

हामी शान्तिपूर्णरुपमै दबाव दिएर कार्यक्रम रोक्ने कुनै बल प्रयोग गर्ने योजना थिएन’  भने ।

Online Shopping in BangladeshCheap Hotels in Bangladesh